काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले मन्त्रालयका उच्च अधिकारी र सचिवालयका सदस्यहरु फेरबदल गरेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सरुवा प्रकरणमा अनियमितता भएका समाचार मिडियामा आइरहेका छन् । सरुवामा गडबड भएका समाचार आउनु र सचिवालयका कर्मचारी फेरिनुुले अनियमितता भएको कुरालाई पुष्टि गरेको छ ।
सचिवालयका कर्मचारीमार्फत् सेटिङ गरेर प्रशासन महाशाखा प्रमुख कमलप्रसाद भट्टराईले जथाभावी सरुवा गरेपछि त्यसको चर्को आलोचना मिडियाबाट हुँदैआएको थियो । संसद र मिडियामा समेत सरुवामा चलखेल भएको बिषयमा बारम्बार समाचार आएपछि मन्त्री मोदीले सचिवालयका कर्मचारी फेरबदल गरी सरुवामा थप पारदर्शीता अपनाउने सन्देश दिन खोजेका छन् । तर मन्त्री मोदीको ग्रिन सिग्नल नपाइकन सचिवालयका कर्मचारी र आफैैले ल्याएका सहसचिव भट्टराईले सरुवामा चलखेल गर्नसक्ने अवस्था नै नरहने मन्त्रालयका अधिकारी बताउँछन्– सचिवालयका कर्मचारी फेरबदल गर्दैमा सरुवामा भएको अनियमितता छोपिन सक्दैन ।
सार्वजनिकरुपमा सरुवामा चलखेल भएको चर्चासँगै उक्त चर्चालाई बिषयान्तर गर्नका लागि सचिवालय सदस्य र सहसचिवलाई फेरबदल गरिएको स्रोतको दाबी छ । मन्त्री मोदी अमेरिका भ्रमण जानु भन्दा २ हप्ता अघि नै सचिव कृष्णहरि पुस्कर कर्ण उतै घुमिरहेका थिए । सचिव गएको २ सातापछि अमेरिका गएका मन्त्री मोदी फर्केर आउँदा दर्जनौं कर्मचारीको सरुवा भएपछि आक्रोशित हुन पुगेका थिए । आफ्नो अनुपस्थितिमा भएको सरुवाको बिषयलाई लिएर निमित्त सचिवको जिम्मेवारी सम्हालेका सहसचिव भट्टराई, कर्मचारी प्रशासन शाखाका उपसचिवद्वय खिलराज राई र कमानसिंह थापामगरसँग सोधीखोजी गरेका थिए ।
मन्त्रालयमा उपस्थित भएका दिनदेखि नै मन्त्री मोदीले आफ्नो अनुमतिविना कर्मचारी सरुवा गरेकोमा कर्मचारीको सातो लिएका थिए । स्रोतका अनुसार सहसचिव भट्टराईले सरुवामा सचिवालयको कर्मचारीको पनि संलग्नता भएको ब्रिफिङ गरेपछि निजी सचिवको भूमिकामा रहेका उपसचिव ज्ञाननाथ ढकाललाई जोगाएर उनकै नेतृत्वमा रहेका स्वास्थ्य मन्त्रालयका नागेन्द्र पटेल र नासु बिष्णु लामिछानेलाई हटाइएको छ । सरुवा प्रकरणमा उपसचिव ढकाल र मन्त्रीका स्वकीय सचिव ताजिम अन्सारीको समेत संलग्नता हुँदाहुँदै पनि निर्दोष कर्मचारी बलिको बोको बनेको भन्ने गुनासो पनि छ ।
निजामती सेवा ऐनले सचिवको अनुपस्थितिमा बरिष्ठ सहसचिवले निमित्त सचिवको जिम्मेवारी सम्हाल्ने प्रावधान छ । अझ भट्टराईलाई त प्रशासन प्रमुख भएका नाताले शाखा अधिकृतसम्मको सरुवाको निर्णय गर्ने अधिकार कानुनले नै दिएको छ । सचिव र मन्त्री सरकारी ढुकुटीको रकम खर्चेर अमेरिका जाँदा मन्त्रालयका दैनिक प्रशासनिक गतिबिधि रोक्नुपर्ने आवश्यकता थिएन । मन्त्री र सचिव नहुँदा पनि मन्त्रालय चलाउनुपर्ने हुन्छ । भट्टराईले कानुनले दिएको अधिकार प्रयोग गर्दा महाशाखाबाट फेरिनुपरेपछि सरुवाको अनियमितता ढाकछोप गर्ने कदमको संज्ञा दिइएको छ । हरेक सरुवामा मन्त्रीको अनुमति लिनुपर्ने कानुनी ब्यवस्था छैन । कानुनले सहसचिवलाई अधिकृतसम्मको, सचिवलाई उपसचिवसम्मको र मन्त्रीलाई सहसचिवसम्मको सरुवा गर्ने अधिकार सुम्पेको छ ।
कानुनले दिएको अधिकार प्रयोग गर्दा भट्टराईलाई हटाएर हेमराज तामाङलाई कर्मचारी प्रशासन महाशाखा प्रमुखको जिम्मा दिइएको छ । गृहमन्त्रालयमा लामो समय बिताएका तामाङले अब अनियमित हुने हरेक सरुवामा साक्षी बस्छन् ? कानुनले दिएको अधिकार निर्धक्क रुपमा प्रयोग गर्दछन् त्यो भने हेर्न बाँकी छ । सहसचिव फेरेका मन्त्री मोदीले सचिव पुस्करको पनि विकल्प खोजिरहेका छन् । माओवादी नेता जनार्दन शर्माको सिफारिसमा आफ्नो मन्त्रालयमा सरुवा गरी ल्याइएका कृष्णहरिको ब्यवहारदेखि पनि मन्त्री मोदी सन्तुष्ट छैनन् । मन्त्रालयभित्रका सूचना पार्टीको उच्च नेतृत्वसम्म पुगेको बिषयमा मन्त्री मोदी असन्तुष्ट छन् । सचिवमार्फत् सूचनाहरु पार्टी नेतृत्वसम्म पुगेको मोदीको ठम्याई छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी सरुवामा हुने चखखेल आफू आएपछि रोकिएको बताउँछन् । उनी भन्छन्–निमित्तका भरमा संचालित स्थानीय तहमा दरबन्दीका कर्मचारी पठाएर सुशासन कायम गर्नुपर्छ भनेर लागेको छु । चर्को दबाबका बाबजुद निमित्त हटाउने मेरो अभियानलाई साथ दिनुपर्नेमा उल्टो प्रचार भएकोमा दुखेसो प्रकट गरेका छन् ।
काठामाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरी हटाइएकाहरुलाई वालेन्द्र शाह सरकारले धमाधम नियुक्ति दिइरहेको छ । वालेन्द्र शाह प्रधानमन्त्री भएपछि...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । एक अर्ब भन्दा बढी मूल्य पर्ने काठको अबैध र अनियमित कटान, मुछान, घाटगद्दी र लिलाम गर्ने ३ जनाबिरुद्ध उजुरी परेको र अख्तियार...
काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्। अध्यादेश ल्याएर भूपेन्द्र भण्डारीलाई अध्यक्षबाट पदमुक्त गरिएपछि घिमिरे नै निमित्त अध्यक्षको जिम्मेवारीमा थिए। पछिल्लो मन्त्रिपरिषद्...
काठमाडौं । ‘लाखौँका लागि उजाड छ यो देश, मुठ्ठीभरलाई त स्वर्ग छ’ भन्ने यो पुरानो गीत निजामती प्रशासनमा पनि चरितार्थ हुने गरेको छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend