काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले मन्त्रालयका उच्च अधिकारी र सचिवालयका सदस्यहरु फेरबदल गरेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सरुवा प्रकरणमा अनियमितता भएका समाचार मिडियामा आइरहेका छन् । सरुवामा गडबड भएका समाचार आउनु र सचिवालयका कर्मचारी फेरिनुुले अनियमितता भएको कुरालाई पुष्टि गरेको छ ।
सचिवालयका कर्मचारीमार्फत् सेटिङ गरेर प्रशासन महाशाखा प्रमुख कमलप्रसाद भट्टराईले जथाभावी सरुवा गरेपछि त्यसको चर्को आलोचना मिडियाबाट हुँदैआएको थियो । संसद र मिडियामा समेत सरुवामा चलखेल भएको बिषयमा बारम्बार समाचार आएपछि मन्त्री मोदीले सचिवालयका कर्मचारी फेरबदल गरी सरुवामा थप पारदर्शीता अपनाउने सन्देश दिन खोजेका छन् । तर मन्त्री मोदीको ग्रिन सिग्नल नपाइकन सचिवालयका कर्मचारी र आफैैले ल्याएका सहसचिव भट्टराईले सरुवामा चलखेल गर्नसक्ने अवस्था नै नरहने मन्त्रालयका अधिकारी बताउँछन्– सचिवालयका कर्मचारी फेरबदल गर्दैमा सरुवामा भएको अनियमितता छोपिन सक्दैन ।
सार्वजनिकरुपमा सरुवामा चलखेल भएको चर्चासँगै उक्त चर्चालाई बिषयान्तर गर्नका लागि सचिवालय सदस्य र सहसचिवलाई फेरबदल गरिएको स्रोतको दाबी छ । मन्त्री मोदी अमेरिका भ्रमण जानु भन्दा २ हप्ता अघि नै सचिव कृष्णहरि पुस्कर कर्ण उतै घुमिरहेका थिए । सचिव गएको २ सातापछि अमेरिका गएका मन्त्री मोदी फर्केर आउँदा दर्जनौं कर्मचारीको सरुवा भएपछि आक्रोशित हुन पुगेका थिए । आफ्नो अनुपस्थितिमा भएको सरुवाको बिषयलाई लिएर निमित्त सचिवको जिम्मेवारी सम्हालेका सहसचिव भट्टराई, कर्मचारी प्रशासन शाखाका उपसचिवद्वय खिलराज राई र कमानसिंह थापामगरसँग सोधीखोजी गरेका थिए ।
मन्त्रालयमा उपस्थित भएका दिनदेखि नै मन्त्री मोदीले आफ्नो अनुमतिविना कर्मचारी सरुवा गरेकोमा कर्मचारीको सातो लिएका थिए । स्रोतका अनुसार सहसचिव भट्टराईले सरुवामा सचिवालयको कर्मचारीको पनि संलग्नता भएको ब्रिफिङ गरेपछि निजी सचिवको भूमिकामा रहेका उपसचिव ज्ञाननाथ ढकाललाई जोगाएर उनकै नेतृत्वमा रहेका स्वास्थ्य मन्त्रालयका नागेन्द्र पटेल र नासु बिष्णु लामिछानेलाई हटाइएको छ । सरुवा प्रकरणमा उपसचिव ढकाल र मन्त्रीका स्वकीय सचिव ताजिम अन्सारीको समेत संलग्नता हुँदाहुँदै पनि निर्दोष कर्मचारी बलिको बोको बनेको भन्ने गुनासो पनि छ ।
निजामती सेवा ऐनले सचिवको अनुपस्थितिमा बरिष्ठ सहसचिवले निमित्त सचिवको जिम्मेवारी सम्हाल्ने प्रावधान छ । अझ भट्टराईलाई त प्रशासन प्रमुख भएका नाताले शाखा अधिकृतसम्मको सरुवाको निर्णय गर्ने अधिकार कानुनले नै दिएको छ । सचिव र मन्त्री सरकारी ढुकुटीको रकम खर्चेर अमेरिका जाँदा मन्त्रालयका दैनिक प्रशासनिक गतिबिधि रोक्नुपर्ने आवश्यकता थिएन । मन्त्री र सचिव नहुँदा पनि मन्त्रालय चलाउनुपर्ने हुन्छ । भट्टराईले कानुनले दिएको अधिकार प्रयोग गर्दा महाशाखाबाट फेरिनुपरेपछि सरुवाको अनियमितता ढाकछोप गर्ने कदमको संज्ञा दिइएको छ । हरेक सरुवामा मन्त्रीको अनुमति लिनुपर्ने कानुनी ब्यवस्था छैन । कानुनले सहसचिवलाई अधिकृतसम्मको, सचिवलाई उपसचिवसम्मको र मन्त्रीलाई सहसचिवसम्मको सरुवा गर्ने अधिकार सुम्पेको छ ।
कानुनले दिएको अधिकार प्रयोग गर्दा भट्टराईलाई हटाएर हेमराज तामाङलाई कर्मचारी प्रशासन महाशाखा प्रमुखको जिम्मा दिइएको छ । गृहमन्त्रालयमा लामो समय बिताएका तामाङले अब अनियमित हुने हरेक सरुवामा साक्षी बस्छन् ? कानुनले दिएको अधिकार निर्धक्क रुपमा प्रयोग गर्दछन् त्यो भने हेर्न बाँकी छ । सहसचिव फेरेका मन्त्री मोदीले सचिव पुस्करको पनि विकल्प खोजिरहेका छन् । माओवादी नेता जनार्दन शर्माको सिफारिसमा आफ्नो मन्त्रालयमा सरुवा गरी ल्याइएका कृष्णहरिको ब्यवहारदेखि पनि मन्त्री मोदी सन्तुष्ट छैनन् । मन्त्रालयभित्रका सूचना पार्टीको उच्च नेतृत्वसम्म पुगेको बिषयमा मन्त्री मोदी असन्तुष्ट छन् । सचिवमार्फत् सूचनाहरु पार्टी नेतृत्वसम्म पुगेको मोदीको ठम्याई छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी सरुवामा हुने चखखेल आफू आएपछि रोकिएको बताउँछन् । उनी भन्छन्–निमित्तका भरमा संचालित स्थानीय तहमा दरबन्दीका कर्मचारी पठाएर सुशासन कायम गर्नुपर्छ भनेर लागेको छु । चर्को दबाबका बाबजुद निमित्त हटाउने मेरो अभियानलाई साथ दिनुपर्नेमा उल्टो प्रचार भएकोमा दुखेसो प्रकट गरेका छन् ।
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
काठमाडौँ। सरकारले महिला निजामती कर्मचारीलाई महिनावारी/रजश्वला बिदा दिने भएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रतिनिधि सभामा दर्ता गराएको सङ्घीय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend