Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ठगी आरोपमा इन्द्रजित राईका छोरा निरजविरुद्ध पक्राउ पुर्जी जारी


    मंगलबार, बैशाख १९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन सहयोग गरेको आरोपमा पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परे सँगै राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

    नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग संलग्न भएको पाइएपछि पक्राउ परेका राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको स्रोतले जनाएको छ ।

    प्रहरीका अनुसार निरज फरार छन् । उनी नेपालमा नरहेको प्रहरी स्रोतले बतायो । निरजका बुवालाई मंगलबार बिहान ललितपुरबाट पक्राउ गरेर प्रहरी परिसर टेकुमा राखिएको छ । ओली सरकारको पालामा गृहमन्त्री रहेका बेला राई सुरक्षा सल्लाहकारमा नियुक्त भएका थिए । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौ रुपैँया असुल गर्नेमा थापाका छोरासमेत मुछिएका हुन् ।

    द्वन्द्व विशेषज्ञ भनेर पनि चिनिने इन्द्रजित राई तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार थिए । राईले गृहमन्त्री, गृह सचिव लगायतलाई मिलाउनुपर्छ भन्दै गिरोहबाट पटक-पटक गरी ५ करोड रकम लिएको पाइएको छ ।

    उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा अनुसन्धान थाल्दा गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ गत १२ चैतमै पक्राउ परेका प्रहरीको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार