काठमाडौं । फौजदारी अभियोग लागेपछि फरार एमाले सांसद लक्ष्मी महतो कोइरी अन्ततः निलम्बनमा पर्ने भएका छन् । नयाँ प्रतिनिधिसभा नियमावली बनेपछि प्रहरी प्रधान कार्यालयले कोइरी फरार रहेको सूचना आइतबार संसद् सचिवालयमा पुनः पठाएपछि उनलाई निलम्बन गर्ने तयारी सभामुखले गरेका हुन् ।
प्रतिनिधिसभाको नयाँ नियमावलीले फरार अभियुक्तलाई पनि निलम्बन गर्ने व्यवस्था गरेको छ । संसद्मा कोइरीको अनुपस्थितिबारे प्रश्न उठेपछि सभामुख देवराज घिमिरेले फरारको सूचना पठाउन प्रहरीलाई ‘रुलिङ’ गरेका थिए । यसअघिको सूचनाबमोजिम कारबाही भयो भएन भन्दा पनि आफू सभामुख भएपछि पुनः सूचना आवश्यक परेको भन्ने आशयका साथ उक्त रुलिङ भएको थियो ।
सभामुखमाथि कोइरीको पद लम्ब्याउन खोजेको आरोप लागेको थियो । कोइरीले लगातार २१ वटा बैठकमा अनुपस्थित हुनुको कारण बिरामी परेको भन्ने पत्र संसद सचिवालयमा पठाएका थिए । सभामुखले उनको अनुपस्थितिको सूचना स्वीकृतिका लागि प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेका थिए । तर सत्तारूढ दलहरू त्यसको विरोधमा उत्रिए । आजको नागरिक दैनिकमा समाचार छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend