Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मल नपाएको गुनासो प्रहरीलाई


    बुधबार, भाद्र १७ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मोरङ । मल आपूर्तिको ठेक्का पाएका ठेकेदार शारदाप्रसाद अधिकारीले समयमै मल नल्याएका कारण कृषकहरु कालोबजारीमा मल किन्न बाध्य भएका छन् । भारतबाट भन्सार छली भएको मल किसानहरु दोब्बर मूल्यमा किनेर धानमा हालिरहेका छन् ।

     विराटनगर–८ शिवमन्दिर चोकस्थित कदमाहा कृषि सहकारी संस्थामा मल लिनका लागि बुधबार किसानहरुको भीड लागेको थियो ।  कृषकहरुले मल नपाएको गुनासो कृषिका हाकिम र सकारका आधिकारिक ब्यक्ति नभेट्टाएपछि प्रहरीलाई सुनाएका थिए ।  विगत सात दिनदेखि बिहान १० बजे आउने तर खाली जानु पर्ने गुनासो किसानले व्यक्त गरेका छन् ।

    तस्बीरः मनोज दाहाल, रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार