Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हुम्लाको रोडिकोटमा भीषण आगलागीः १५ घर नष्ट


    बुधबार, भाद्र १७ २०७७
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिमीकोट । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ । एक घरबाट शुरु भएको आगलागीबाट अहिले  १५ भन्दा बढी घर जलेर नष्ट भएको आगालागीस्थलबाट स्थानीयवासी धर्मराज शाहीले बताउनुभयो ।

     बेलुकी करीब ६ बजेतिर एक्कासि गाउँमा आगलागी भएको जनाइएको छ । नियन्त्रणका लागि गाउँका सबै गए पनि केही गर्न नसकिएको बताइएको छ । पानीको हाहाकार भएकाले निभाउन सकिएको छैन । आगलागी नियन्त्रणका लागि गाउँपालिका केन्द्रबाट प्रहरीको टोली त्यसतर्फ पठाइएको जिल्ला प्रहरी प्रमुख सूर्यप्रसाद सुवेदीले जानकारी दिनुभयो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार