Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पुजारी हत्या प्रकरणमा संलग्न अभियुक्त सार्वजनिक


    बुधबार, भाद्र १७ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । रौतहटका पुजारी श्रीराम शाहको हत्यामा संलग्न आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । देवाही गोनाही नगरपालिका–१ घर भएका रामनरेश पटेल र सोही ठाउँका बालकुमार पटेललाई प्रहरीले सार्वजनिक गरेको हो । 

    २ नम्बर प्रदेशका प्रहरी प्रमुख धीरजप्रताप सिंहले बौधिमाई नगरपालिका–७ वडकी बंकुल एरियाबाट २ नम्बर प्रदेश प्रहरी कार्यालय र रौतहट प्रहरीको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेकाे जानकारी दिए ।

    नरेश पटेलले कटुवा पेस्तोल प्रयोग गरी पुजारी साहको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको सिंहले बताए । उनले भने, ‘त्यस्तै बालकुमार पटेलले घटनास्थित बसेर मानिसको आवत जावतलाई निगरानी गरेको थियो ।’

    यस्तै घटनामा अन्य व्यक्तिको पनि संलग्नता रहेको अपराधीको खोजी कार्य भइरहेको सिंहले जानकारी दिए । पक्राउ परेका दुवै जनामाथि जिल्ला अदालत रौतहटबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    माधव नारायण नगरपालिका–३ खेसरहिया टोलस्थित हनुमान मन्दिरका पुजारी शाहको साउन ३ मा हत्या भएको थियो । उनले आफ्नै पैसा लगानी गरेर मन्दिर बनाएका थिए । मन्दिर परिसरमा अज्ञात ब्यक्तिले गोली हानेर हत्या गरेका पुजारीको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन हिन्दुवादी संगठनले दवाव दिएका थिए ।  

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार