Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाजुरा केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प


    शुक्रबार, बैशाख १५ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालको पश्चिमी भाग बाजुरा केन्द्रविन्दु भएर आज भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार राति साढे १ बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

    भूकम्पको केन्द्रविन्दु बाजुराको दहकोटमा भूकम्पमापन केन्द्र जनाएको छ । मध्यरातमा भूकम्प आएपछि मानिसहरु आत्तिएर घर बाहिर निस्किएका थिए । भूकम्पको धक्का बाजुरासँगै आसपासका जिल्लामा पनि महसुस भएको हो ।

    भूकम्पले क्षति भूकम्पले क्षति पुर्याए/नपुर्याएको एकीन हुन सकेको छैन । सूचना संकलनको काम जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।

    बाजुरा केन्द्रविन्दु भएर लगातार तेस्रोपटक भूकम्प गएको छ । गत वैशाख १० गते ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो भने १४ गते ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार