Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • अमेरिकामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ६० लाखभन्दा बढी


    मंगलबार, भाद्र १६ २०७७
    850
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • न्यूयोर्क ।  विश्वभर महामारकिो रूपमा फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा ६० लाख भन्दा बढी सङ्क्रमित पुगेको जोन हकिन्स विश्व विद्यालयले जनाएको छ । विश्वविद्यालयको तथ्याङ्का आधारमा त्यो विश्वभर कोभिड–१९ सङ्क्रमण पुष्टि भएका कूल सङ्क्रमितको झण्डै एक चौथाइ सङ्ख्या हो । तथ्याङ्कले अमेरिकामा पछिल्लो एक महिनाको समयमा सङ्क्रमित भएका विरामीको सङ्ख्या दश लाखभन्दा बढी देखाएको छ ।

    चीनको वुहानमा कोभिड–१९ सङ्क्रमण फैलिएको गत वर्षको अन्त्यतिर सार्वजनिक भएको भएपनि अमेरिकामा पहिलो सङ्क्रमित विरामी जनवरी २१ मा भेटिएको थियो । अमेरिकामा मङ्गलबारसम्म एक लाख ८३ हजारभन्दा बढीको भाइरससँग जोडिएका घटनाका कारण मृत्यु भएको पुष्टि भएको छ । अमेरिकापछि बढी सङ्क्रमण ब्राजिलमा ३९ लाख भन्दा बढीमा सङ्क्रमण देखिएको छ भने तेस्रो धेरै सङ्क्रमित सङ्ख्या भारतमा झण्डै ३७ लाख सङ्क्रमित भएका छन् । सङ्क्रमण तथा मृत्युका दृष्टिकोणले अमेरिका, ब्राजिल र भारतपछि यूरोपेली मुलुकहरू रहेका छन् । तर युरोपमा सङ्क्रमण दरमा केही कमी आएको भन्दै यो साता बालबालिकाहरूलाई पठनपाठनका लागि विद्यालयमा बोलाउने तयारी भइरहेको छ । ती मुलुकहरूले विद्यालय सञ्चालनका लागि तयारी गरिरहँदा बेलायत, फ्रान्स र स्पेनमा आइतवारको तुलनामा सङ्क्रमण दर घटेको छ । एजेन्सी 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार