Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वीर अस्पतालका ३९ स्वास्थ्यकर्मीलाई काेराेना संक्रमण


    मंगलबार, भाद्र १६ २०७७
    580
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । वीर अस्पतालमा काेराेना संक्रमण फैलिएपछि ओपीडी सेवा दुई दिनका लागि बन्द गरिएकाे छ । अस्पतालले मगंलबार (भदौ १६ गते) सूचना जारी गर्दै ओपीडी सेवा दुई दिनका लागि बन्द गर्ने जानकारी दिएको हाे । अस्पतालमा ११ जना चिकित्सकसहित ३९ जना स्वास्थ्यकर्मी काेराेना संक्रमित छन् । ७५ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेको छन् ।

    जसले गर्दा बिरामीको उपचारमा खटिने जनशक्तिको कमी हुँदै गइरहेको छ । संक्रमित स्वास्थ्यकर्मी सबैको अहिले वीर अस्पतालमा उपचार भइरहेको निर्देशक डा. केदारप्रसाद सेञ्चुरीले बताए ।

    ‘लक्षण नभएकालाई पनि अस्पतालमै राख्नुपर्ने अवस्था छ,’ उनले भने, ‘कोही भाडामा बस्ने, कसैको घरमा आइसोलेट भएर बस्ने वातावरण छैन, त्यसैले सबै अस्पतालमै छन् ।’ संक्रमितको उपचारका लागि अहिले सरकारले ५२ अस्पताललाई कोभिड अस्पताल भनेर तोकेको छ । तर, सबै अस्पतालले कोरोनाका बिरामी हेर्नै पर्छ । यद्यपि सुरक्षा सामग्री पर्याप्त नहुँदा स्वास्थ्यकर्मी नै संक्रमित हुँदै गइरहेको उनले बताए ।

    कोरोना संक्रमणकै कारण जनशक्ति अभाव हुँदा वीरमा अहिले चारवटा वार्ड सञ्चालनमा छैनन् । ल्याबका ६ कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि ल्याब सेवा बन्द छ । कार्डियोलोजी (मुटुरोग विभाग) खुला छैन । सोमबार न्यूरो र क्यान्सर वार्डका बिरामीमा पनि कोरोना पुष्टि भएपछि ती वार्ड पनि बन्द भएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार