Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विप्लव समूहका २ जना पक्राउ


    मंगलबार, भाद्र १६ २०७७
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । चन्दा संकलन गरिरहेको आरोपमा सल्यानकाे कुमाख गाउँपालिका–६, मौलाहालेबाट प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका २ जनालाई पक्राउ गरेको छ । चन्दनिकट युवा संगठनका सदस्य २२ वर्षीय प्रकाश गिरी र १८ वर्षीय गोरख केसीलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

    मौलाहालेका एक व्यापारीसँग १५ हजार रुपैयाँ चन्दा लिइरहेको बेला उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले बताए ।

    उनीहरुले प्रयोग गरेको रा–४ प ६९३८ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको उनले जानकारी दिए । गिरीको साथबाट २४ हजार ९ सय रुपैयाँ बरामद गरेको प्रहरीले उनीहरुविरुद्ध जबरजस्ती चन्दा असुुली मुद्दा दर्ता गरिने जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार