Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं उपत्यकामा निषेधाज्ञाकाे नयाँ माेडालिटी बनाउने तयारी


    मंगलबार, भाद्र १६ २०७७
    720
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई केही खुकुलाे सहित निरन्तरता दिने तयारी गरिएकाे छ । उपत्यमाभित्रका ३ वटै जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण निरन्तर बढिरहेकाले थप एक साता निषेधाज्ञा गर्ने तयारी प्रशासन कार्यालयहरुको छ ।

    तर, यो पटक अत्यावश्यकसँगै थप केही क्षेत्रलाई खुकुलो पारिनेछ । त्यसको मोडलिटीबारे कस्ताे बनाउने भन्ने बारे मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेबीच भएको भर्चुअल बैठकमा छलफल भएको छ ।

    उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि तीनै जना प्रमुख जिल्ला अधिकारीले ३ भदौदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लगाउने आदेश जारी गरेका थिए । त्यसपछि भदौ १० गते पुनः ७ दिनका लागि निषेधाज्ञा थप्ने निर्णय गरेका थिए । जुन बुधबार मध्यरातिबाट सकिँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार