काठमाडाैँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधानले महिलालाई दिएको अधिकार कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले महिला नेत्री मङ्गलादेवी सिंहको २४ औँ स्मृति दिवसका अवसरमा आज आयोजना गरेको भर्चुअल साप्ताहिक कार्यक्रमको समापन कार्यक्रममा उहाँले संविधानले दिएको अधिकार कार्यान्वयनका लागि महिला सशक्त भएर अगाडि बढ्नुपर्ने बताउनुभएको हो ।
नेता सिंहले स्व सिंह नेपाली महिलाको अधिकारका लागि आवाज उठाउने तथा उनीहरुको पहिचान, स्वतन्त्रताका लागि लड्ने साहसी महिला भएको उल्लेख गर्नुभयो । पार्टीको १४ औँ महाधिवेशनका लागि महिलालाई क्रियाशील बनाउनु जरुरी रहेको सिंहको भनाइ थियो ।काँग्रेस कोषाध्यक्ष सीतादेवी यादवले नेपाली महिलाका कारण लोकतान्त्रिक आन्दोलन सफल भएको बताउनुभयो । केन्द्रीय सदस्य सुजाता कोइरालाले नेत्री सिंहले महिला अधिकार र प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । “संविधानमा महिलालाई ३३ प्रतिशत अधिकार दिइए पनि महिलाको अधिकार किन स्थापित हुन सकेन, काँग्रेसजस्तो प्रजातान्त्रिक पार्टीमा किन महिला पछाडि परे, यसबारे सरकार र पार्टीभित्र छलफल हुनुपर्छ”, उहाँले भन्नुभयो ।
केन्द्रीय सदस्य एवम् गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले महिला समानता, सामाजिक न्याय र राजनीतिक अधिकार निर्माणमा सिंहको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । केन्द्रीय सदस्य कमला पन्तले संसद्मा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व भए पनि महिलाले केही अधिकार स्थापित गर्न नसकेको उल्लेख गर्नुभयो । “नेपाली महिलाहरु पार्टीभित्र एक ठाउँमा उभिन सके मात्र चाहेको अधिकार प्राप्त गर्न सक्छौँ”,उहाँले भन्नुभयो । केन्द्रीय सदस्य पुष्पा भुसालले सिंह काँग्रेसको मात्र नेता नभई नेपाली सबै महिलाको नेता भएको उल्लेख गर्नुभयो । पार्टीका पाँचथर जिल्ला सभापति नरेन्द्र केरुङ, मकवानपुरका पूर्वसभापति रघुरमण न्यौपाने, कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डेलगायतले महिलाका कारण काँग्रेस बलियो भएको बताउँदै नेतृत्व तहमै महिलालाई ३३ प्रतिशत अधिकार दिनुपर्नेमा जोड दिनुभएको थियो ।
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गत संसदीय सुनुवाइ समिति जारी छ। सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बैठक जारी छ। बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्ताहरूसँग छलफल...
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवोदित सत्ताधारी दलभित्र असमझदारी बढ्दै गएको विषय लोकतन्त्रका लागि शुभ संकेत नभएको बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री...
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नारायणी नदीको कटानबाट बजार क्षेत्रको सुरक्षाका लागि तत्काल र दीर्घकालीन योजना बनाएर अघि बढ्ने...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन नभएको दाबी गरेका छन्। बिचौलियाका रूपमा चर्चामा रहेका इनम सापकोटाको भनिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend