ललितपुरकाे सातदाेवाटाे स्थित रहेकाे एक ठूलाे व्यापारिक मल वा डिपार्टमेन्टल स्टाेरले खुलेअामा उपभाेक्ता ठगीरहेकाे छ । राष्टिय उपभाेक्ता मञ्चका अध्यक्ष प्रेमलाल महार्जनले उक्त ठगीकाे खुलासा गरेका हुन् । सातदोबाटोस्थित सेलवेज डिपार्टमेन्टल स्टोरले खुद्रा मूल्य ३ सय ७० रुपैयाँमा पाइने बच्चालाई खुवाउने सेरलेकको ६ सय ५ रुपैयाँ लिने गरेको पाइएको छ ।
अध्यक्ष महर्जनले प्रमाणसहित समाजिक सञ्जालमा उक्त ठगीकाे खुलासा गरेका हुन् । उनले समाजिक सञ्जालमा पाेष्ट गरेकाे प्रमाणमा सेलवेज क्यास एण्ड क्यारी प्रा.लि.ले ठगी गरेकाे उल्लेख छ।
उनका अनुसार बजारमा ३ सय ७० रूपैयां भन्दा बढी नपर्ने सेरेल्याकलाइ ६०५ रूपैयाँ डिपार्टमेन्टल स्टाेरले लिएकाे हाे । उनले बालबच्चाहरूकाे लागी नभइ नहुने किन्न गयाे ठगीमा पर्ने, कस्ताे दिक्क लाग्ने गुनासाे पाेखेका छन् ।