Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काेराेनाकाे कहर: ओरालो लाग्यो डलरको भाउ


    मंगलबार, भाद्र १६ २०७७
    905
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं। सुनको भाउ पनि हालसम्मकै उच्च विन्दुमा पुगेर अहिले  त्यसकाे भाउमा खासै ठूलो ओरालोको अवस्था देखिएकाे छैन। तर डलरको भाउ भने ह्वात्तै घटेको छ । केही महिना अघिको तुलनामा यतिखेर नेपाली रूपैयाँ समेत डलरको विनिमयदरको आधारमा बलियो देखिएको छ ।

    सुन र डलरको भाउ सदैव विश्व बजारमा आउने उतार चढावले निर्धारण गर्छ । तर हाम्रो सन्दर्भमा भारतीय अर्थतन्त्र र बजारमा आउने उतार चढावले नै त्यसको मूल्य निर्धारण गर्छ । विशेषगरी पछिल्लो केही सातादेखि भारतीय रूपैयाँको अमेरिकी डलरसँगको विनिमय दरमा देखपरेको सुधारले नेपाली रूपैयाँको तुलनामा डलरको भाउ घटेको हो ।

    यसअघि एक अमेरिकी डलरको भाउ एक सय २० रूपैयाँ नाघेको थियो । तर, हिजो सोमबारसम्म आइपुग्दा उक्त दर घटेर एक सय १७ रूपैयाँ ७२ पैसामा झरेको छ । कोरोनाको कारण छिमेकी भारतीय अर्थन्त्रमा चार महिनासम्म देखिएको शिथिलता पश्चात् उकासिएपछि डलरको तुलनामा भारतीय रूपैयाँको भाउ पनि बढेको हो । स्थीर विनियम दरका कारण भारतीय रूपैयाँको भाउ बढेपछि नेपाली रुपैयाँको भाउ पनि अमेरिकी डलरको तुलनामा बलियो हुन पुगेको हो ।

    कोरोना बिरुद्धको खोपसँग पनि जोडेर हेर्नुपर्ने बताएका छन् । उनीहरूका अनुसार खर्बौं डलरको व्यापार हुने कोरोना बिरुद्धको खोपको विकास जुन देश वा क्षेत्रमा हुन्छ, त्यहि अनुपातमा अर्थतन्त्रको पनि बिस्तार र सङ्कुचन आउने उनीहरू बताउँछन् । यतिखेर अधिकांश खोपको समाचार अमेरिका बाहेकका देशहरूबाट आएकाले पनि डलरको भाउ घट्न सहयोग पु¥याएको उनीहरूको ठहर छ । डलरको मूल्य घट्दा सामान्यतयाः हाम्रो जस्तो आयातमुखी देशलाई फाइदा हुन्छ । आयातित सामानको मूल्य भुक्तानीमा थोरै परिमाणको डलर भुक्तानीले पुग्छ । साथै, विदेशबाट मगाइएका सामान पनि तुलनात्मक रूपमा सस्तो हुन जान्छ । विदेशबाट कच्चा पदार्थ ल्याएर स्वदेशमै उत्पादन हुने सामान पनि तुलनात्मक रूपमा सस्तो हुनेछन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार