काठमाडौं । पछिल्लो २४ घण्टामा ४ वर्षीया बालिकासहित देशभर ११ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ।
मृत्यु हुनेमा महोत्तरीकी ४ वर्षीया बालिका समेत रहेकी छन्। यस्तै, महोत्तरीकै ३७ वर्षीय एक पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा ७० र ३५ वर्षका दुई पुरुषको मृत्यु भएको छ।
यसैगरी, पर्साका ५३, ६० र ८० वर्षीय पुरुष, सिरहाका ६५ वर्षीय पुरुष, चितवनका ५२ वर्षी पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मकवानपुरका ५८ वर्षीय पुरुषको पनि मृत्यु भएको गौमतले बताए।