Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देशभर आईसीयूमा १२७ र भेन्टिलेटरमा १७ जना कोरोना संक्रमितको उपचार हुँदै


    मंगलबार, भाद्र १६ २०७७
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना संक्रमित गम्भीर प्रकृतिका बिरामीको सघन उपचार भैरहेको छ । यसरी सघन उपचार हुनेमा १ सय ४४ जनाको आईसीयूमा र १७ जनाको भेन्टिलेटरमा छन् ।

    आईसीयूमा उपचार भइरहेकाहरूमध्ये प्रदेश-१ मा ४ जना, प्रदेश-२ मा २९ जना, बागमती प्रदेशमा ७५ जना, गण्डकी प्रदेशमा ६ जना र प्रदेश-५ मा १३ जना गरी १२७ जनाको उपचार भइरहेको छ। त्यस्तै बागमती प्रदेशमा १४ जना र प्रदेश- ५ मा ३ जना गरी १७ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

    पछिल्लो २४ घण्टामा देशभर एक हजार ६९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७२५ पुरुष र ३४४ महिलामा संक्रमण देखिएको हो। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार