Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख


    बिहिबार, बैशाख ७ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उनको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले बिहीबार सो जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

    राष्ट्रपति पौडेलको स्वास्थ्योपचार बुधबारदेखि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ । उनी उपचारका लागि बुधबार नयाँ दिल्ली गएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार