Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतको जिडिपी २३.९ प्रतिशत खुम्चियो


    मंगलबार, भाद्र १६ २०७७
    980
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । भारतीय अर्थतन्त्र गत अप्रिलदेखि जुनको तीन महिनाको अवधिमा २३.९ प्रतिशतले खुम्चिएको छ । कोरोनाभाइरस महामारीका कारण विगत ४० वर्षयता पहिलो पटक भारतीय अर्थतन्त्रमा यतिधेरै गिरावट आएको हो ।

    भारतको राष्ट्रिय तथ्याँक कार्यालयले सोमबार सार्वजनिक गरेको विवरणमा त्यस अवधिमा उपभोग्य मागमा कमी आउनुका साथै निजी लगानी समेत खुम्चिएको उल्लेख छ । कार्यालयको वक्तव्यमा व्यापार, होटल, यातायात र संचार क्षेत्रमा ४७ प्रतिशत गिरावट आएको तथा औद्योगिक उत्पादनमा करिब ३९.३ प्रतिशतले कमी आएको उल्लेख गरिएको छ । साथै निर्माण क्षेत्रमा ५०.३ प्रतिशतले घट्नुका साथै खनिज उत्खनन २३.३ प्रतिशतमा सीमित भएको छ ।

    विद्युत र ग्यास उत्पादन ७ प्रतिशतले घटेको छ । तर अनुकूल मौसमी परिस्थितिका कारण कृषि उत्पादन ३.४ प्रतिशतले वृद्धि भएको छ । भारत सरकार र भारतीय केन्द्रीय बैंकले अर्थतन्त्रलाई चलायमान बनाउन अर्बौं डलरको राहत प्याकेज, सुधार र व्याजदर कटौती गरेका छन् । हुनत, भारतको अर्थतन्त्र कोरोनाभाइरस महामारी शुरु हुनुअघि नै खुम्चिँदै गएको थियो । कोभिड–१९ शुरु हुनुअघि विगत ११ वर्षमा पहिलो पटक भारतीय अर्थतन्त्रको वृद्धिदर ४.२ प्रतिशतमा ओर्लिएको थियो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार