Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौैंमा ३९३ सहित उपत्यकामा थपिए ४८१ कोरोना संक्रमित


    मंगलबार, भाद्र १६ २०७७
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ८१ जना कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन्।

    पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसैगरी ललितपुरमा ५८ र भक्तपुरमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    हालसम्म उपत्यकामा ६ हजार २ सय ८८ जना संक्रमित पुगेका छन्। मंगलबार नेपालमा कुल १ हजार ६९ संक्रमित थपिएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार