Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज थपिए हजार भन्दा बढी संक्रमित, डिस्चार्ज हुने ७६८


    मंगलबार, भाद्र १६ २०७७
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ७ सय ६८ जना कोरोना संक्रमितको डिस्चार्ज भएका छन्। यससँगै डिस्चार्ज हुनेको संख्या २२ हजार १ सय ७८ पुगेको छ।

    पछिल्लो २४ घण्टामा १२ हजार ८८ पीसीआर परीक्षण गरिएको छ। देशभर संक्रिय संक्रमित १८ हजार १ सय १२ रहेकाे छ।

    देशभर क्वारेन्टिनमा ७ हजार ३ सय ९० जना रहेका छन्।

    काठमाडाैँ उपत्यकामा ४ सय ८१ जना संक्रमित थपिएका छन्। काठमाडाैँमा ३ सय ९३ जना, भक्तपुरमा ३०  जना र ललितपुर ५८ जना संक्रमित थपिएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार