Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दार्चुलामा स्क्रब टाइफस संक्रमितको संख्या ८ पुग्यो


    मंगलबार, भाद्र १६ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दार्चुला । दार्चुलामा थप तीन जना महिलामा स्क्रब टाइफसको संक्रमण देखिएको छ। जिल्लाको महाकाली नगरपालिकाकामा २ महिला र मालिकार्जुन गाउँपालिकाकामा १ महिलामा स्क्रब टाइफसको संक्रमण देखिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी एवं सिनियर अहेब डम्बर दत्त भट्टले जानकारी दिए।

    आइतबार जिल्लामा ५ जनामा स्क्रब टाइफस देखिएको थियो। यसअघि महाकाली नगरपालिकाकामा १ पुरुष, मालिकार्जुन गाउँपालिकाकामा २ जना महिला र १ पुरुष र ब्याँस गाउँपालिकाका १ जना पुरुषमा स्क्रब टाइफसको सङ्क्रमण देखा परेको सूचना अधिकारी भट्टले बताए।

    योसँगै दार्चुलामा स्क्रब टाइफसको संक्रमित संख्या ८ पुगेको छ। आइतबार संक्रमण देखिएकामध्ये १ जनालाई धनगढी रेफर गरिएको छ भने १ जनालाई जिल्ला अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ। बाँकी ३ जनामा रोगका सामान्य लक्षण भएका कारण डिस्चार्ज गरिएको उनले बताए। परजीवी जातको भुसुना (किर्ना) ले टोकेमा स्क्रब टाइफस लाग्ने स्वास्थ्यकर्मीहरुले बताएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार