Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बारामा एक कोरोना संक्रमित मृत्यु


    मंगलबार, भाद्र १६ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जितपुर । कोरोना संक्रमणबाट बारामा थप एक जनाको मृत्यु भएको छ।  कोल्हवी नगरपालिका–६ का ६० वर्षीय रामध्यान चौधरीको गण्डक अस्पताल वीरगञ्जमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो।

    ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वाब सङ्कलन गरी वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा उनमा चार दिन पहिला कोरोना संक्रमण पुष्टि भएको थियो।

    कोरोना संक्रमणबाट हालसम्म बारामा मृत्यु हुनेको संख्या १६ पुगेको छ। 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार