Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  सुगम र प्रारम्भले गीतमार्फत दिए धन्यवाद


    मंगलबार, भाद्र १६ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कोरोना संक्रमितलाई अपहेलना गरिरहेको अवस्थामा लोकप्रिय गायक सुगम पोखरेल र प्रारम्भ भण्डारीको आवाजमा धन्यवाद बोलको गीत सार्यजनिक भएको छ ।  

    प्रारम्भको आवाजमा सार्वजनिक भएको यो गीतमा कोरोना संक्रमितका लागि फ्रन्ट लाईनमा काम गर्ने चिकित्सकदेखि त्यहाँ खटिने स्काउटका स्वयंसेवालाई समेत धन्यवाद दिएर गाइएको यो गीत चर्चाको शिखरमा पुगेको छ ।

    ‘धन्यवाद’ बोलको गीतमा सुगम पोखरेलको शब्द तथा संगीत रहेको छ । जेभियसं इन्टरनेशनल स्कुलमा कक्षा ७ मा पढ्ने भण्डारी भण्डारीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा सुगम पोखरेल र प्रारम्भ भण्डारी पनि फिचर्ड छन् ।

     उनीहरुको यो गीतले सबैलाई प्रेरणा मिलेको छ । करिब आधा दर्जन गीत गाइसकेका भण्डारी स्काउटका अध्यक्ष लोकबहादुर भण्डारीको छोरा हुन । १२ वर्षिय प्रारम्भले यस अघि समाजसेवामा समर्पित गीतमा स्वर दिइसकेका छन् ।

    भय र त्रासको यो समयमा पनि रातदिन नभनि खटिइरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरु सहित  अग्रपंक्तिमा काम गर्नेहरुलाइ गीत मार्फत  धन्यवाद दिइएको छ ।

    गीतको निर्देशन एलिन श्रेष्ठले गरेका हुन् । उत्तम हुमागाईं र अशु बस्नेतले छायांकन गरेको सो  भिडियोमा सम्पादन लोकेश बज्राचार्यको रहेको छ  । 
    गीतले संसारभर संकट निम्त्याएको कोरोना भाइरस जस्तो विपदमा हरेस नखाई लड्नु पर्ने सन्देश दिएको छ । प्रारम्भले यो गीतको प्रेरणाले चाडैनै अन्य गीत गाउने बताएका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार