Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना भाइरस संक्रमणको शिकार भएका भीआइपीहरु


    मंगलबार, भाद्र १६ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरस संक्रमण नहोस् भनेर उच्च सतर्कता अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरे नै संक्रमित भए । अख्तियारमा कार्यरत प्रहरीमा कोभिड १९ संक्रमण देखिएपछि परीक्षण गराउँदा प्रमुख आयुक्त घिमिरेमा पनि संक्रमण देखियो ।

    स्वास्थ्य सचेतता अपनाउँदा अपनाउँदै अर्बपति ब्यापारी विनोद चौधरीलाई कोरोना संक्रमण भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य कोरोना रोकथामका लागि दैनिकजसो खटिरहेकै समयमा संक्रमित भएका छन् । उनी कोरोना भाइरस सक्रमण रोकथामका लागि उपत्यका नगरपालिका फोरमका बैठक राख्नेदेखि महानगरका विकास निर्माणको अनुगमनमा सक्रिय रुपमा खटिरहेका थिए । शुक्रबार मात्रै उनले सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरसँगै रानीपोखरी पुननिर्माणको अनुगमन गरेका थिए । मेयर शाक्य होम आइसोलेसनमा छन् ।

    त्यस्तै, चिकित्सक भोला रिजालका दम्पत्तिलाई नै कोरोना संक्रमण भएको छ । कोरोना पुष्टि भएपछि उनीहरु ह्याम्स अस्पतालमा भर्ना भएका छन् । उनीहरु आइतबारदेखि ह्याम्स अस्पतालमा भर्ना भएका हुन् । डा. रिजालले केही बर्षअघि ओम अस्पतालमा गरेको लगानी फिर्ता लिएर ह्याम्समा आवद्ध भएका थिए । नेपाल प्रहरीका एक एआइजीलाई पनि कोरोना संक्रमण भएको थियो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक उपसचिवलाई पनि कोरोना संक्रमण देखिएको छ । तर उनीसँगै परीक्षण गरेका पर्यटन मन्त्री योगेश भट्टराईलाई भने संक्रमण देखिएको छैन ।

    उपप्रम तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानसेनापति पूर्णचन्द्र थापाको स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ ।

    प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण भएको छ ।

    बीरगंज महानगरपालिकाका मेयर बिजय सराबगीले कोरोनालाई जितेर पुनः नित्यकाममा फर्किसकेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार