Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • लागुऔषधसहित एकजना पक्राउ


    आइतबार, बैशाख ३ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कास्की । कास्कीकाे पोखरा महानगरपालिका-३० पावरहाउस चोकबाट अवैध लागुऔषध गाँजा करिब १ केजी ५ सय ग्रामसहित सोही महानगरपालिका-१० रामबजार बस्ने २२ वर्षीय अर्जुन विकलाई प्रहरीले पक्राउ गरेको छ ।

    वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख १३९८ नम्बरको बसमा सवार उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार