Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • नवनियुक्त परराष्ट्र मन्त्री एनपी साउदले लिए शपथ


    आइतबार, बैशाख ३ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नवनियुक्त परराष्ट्र मन्त्री एनपी साउदले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

    राष्ट्रपति रामचन्द्र पौडेलले आज आइतबार अपराह्न शितलनिवासमा उनलाई शपथ खुवाएका हुन्। साउद कांग्रेसका केन्द्रीय सदस्य हुन्।

    कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री, प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री, नेताहरू रमेश रिजाल उद्योगमन्त्री र सीता गुरूङ सहरी विकास मन्त्री बनेका थिए।

    सत्ता गठबन्धनको भागबन्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो।

    यसैगरी यसअघि कांग्रेसबाट प्रकाशशरण महत अर्थमन्त्री, सीता गुरूङ सहरी विकास मन्त्री, रमेश रिजाल उद्योगमन्त्री र पूर्णबहादुर खड्का रक्षामन्त्री बनिसकेका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार