Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रौतहट गोली काण्ड: घटनामा संलग्न १६ जना पक्राउ


    आइतबार, बैशाख ३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। रौतहटको गढीमाई नगरपालिका–८ मा हिजो शनिबार दिउँसो गोली चलाउने उक्त घटनामा संलग्न रहेको आरोपमा १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    सडक विस्तारका क्रममा भएको विवादमा शनिबार दिउँसो गोली चलेको थियो । गोली लागेर स्थानीय ५० वर्षीय रामकुमार राय यादवको निधन भएको छ भने निरन्जन राय यादव, प्रताप यादवसहित अन्य दुई घाइते भएका छन् । उनीहरुको काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

    घटनामा पक्राउ पर्ने लालबाबु यादव, रामसेवक राय, मिथलेख यादव, दिनेश यादव, बच्चा गिरी, विनेश यादव, प्रदीप यादव, श्याम यादव, उमेश यादव लगायत रहेका छन् ।

    घटना नियन्त्रण गर्न प्रहरीले शनिवार ठुलो संख्यामा प्रहरी परीचालन गरेको थियो। प्रहरीका अनुसार धोबिनियास्थित सडक चौडा गर्ने क्रममा स्थानीय रामइश्वर राय यादव र राजकुमार यादवबीच विवाद भएको थियो। उक्त दुई पक्षबीचको विवाद झडपमा बदलिएको थियो । झडपमा रामइश्वर पक्षले गोली चलाएको प्रहरीले बताएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार