Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • बैतडीमा एक युवकको हत्या


    आइतबार, बैशाख ३ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बैतडीमा एक युवकको हत्या गरिएको छ। दोगडाकेदार गाउँपालिका-८ कालागाउँका ३७ वर्षीय वासुदेव जोशीको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हो।

    बैतडी प्रहरीका अनुसार शनिवार राति ८ बजे उनी हत्या गरिएको अवस्थामा फेला परेका थिए। जोशीमाथि धारिलो हतियार प्रहार भएको पाइएको हो। उनका हत्यारा फरार भएका छन्।

    घटनाबारे अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार