काठमाडौं । सरकारको बेवास्ताका कारण सवारीचालक अनुमतिपत्रपत्र (लाइसेन्स) को काम तीन दिनदेखि प्रभावित बनेको छ । लाइसेन्सका लागि प्रयोग गरिने प्रणाली (सिस्टम) मा आएको समस्याका कारण तीन दिनदेखि नयाँ लाइसेन्स लिने र नवीकरणको काम ठप्प बन्न पुगेको हो ।
पटकपटक देखिने यस्तो समस्याका कारण सेवाग्राही समस्या पर्दै आएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री फेरिनेबित्तिकै मन्त्रीको चासो यातायात व्यवस्था विभागका कर्मचारी सरुवामा गए पनि यस्ता सर्वसाधारणसँग प्रत्यक्ष जोडिने समस्या समाधानमा भने जाने गरेको छैन ।
यातायात व्यवस्था विभागले गत बुधबार सूचना जारी गर्दै अनलाइन लाइसेन्स र नवीकरणको काम ठप्प भएको जनाएको थियो । प्रणाली अझै सञ्चालनमा आइसकेको छैन । सरकारको एकीकृत डेटा सेन्टरको सर्भरमा समस्या आएको भन्दै सरकारी पक्ष आफ्नो जिम्मेवारीबाट पन्छिने गरेका छन् । विभागले डेटा सेन्टरमा डेटा लस्ट भएको (हराएको) आशंकामा सिस्टम रिकभर गर्न यस्तो समस्या आएको जनाइएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend