Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गुलरिया नगरपालिकामा महिलामैत्री आइसोलेसन कक्ष


    सोमबार, भाद्र १५ २०७७
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • फाइल फोटो 

    बाँके  । बर्दिया जिल्लास्थित गुलरिया नगरपालिकामा महिलामैत्री आइसोलेशन कक्ष निर्माण भएको छ । दुई साताअघि महिलालाई मात्र राख्न मिल्ने आइसोलेशन सञ्चालनमा ल्याइएको स्वास्थ्य कार्यालय बर्दियाका फोकलपर्सन कृष्णगोपाल चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना सङ्क्रमित महिलाको अब त्यहीँ उपचार हुनेछ । जिल्लामा शुक्रबारसम्म ३२९ कोरोना सङ्क्रमितमध्ये ६२ महिला छन् ।

    तीमध्ये ५२ जना निको भएर घर फर्केका छन् । बर्दिया जिल्ला समन्वय समितिले बनाएको उक्त आइसोलेशन वार्डमा जेनेरेटरसहित एसी जडान गरिएको छ । सङ्क्रमितको उपचारका लागि दुई स्वास्थ्यकर्मी र सुरक्षाकर्मी छन् । छब्बीस शय्याको उपचार केन्द्र बनाइएको बर्दिया जिसस प्रमुख शङ्करप्रसाद थारूले बताउनुभयो । सङ्क्रमितका लागि उपचार केन्द्र नहुँदा बाँकेलगायत जिल्लामा जानुपर्ने बाध्यता थियो । आइसोलेशन निर्माणमा करीब रु एक लाख ५० हजार बर्दिया जिससले व्यहोरेको जनाइएको छ ।  रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार