काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको बीचमा पर्ने तुइन खोलामा पुल बनाउन अवरोधक बनेको पहरो फोर्न आवश्यक विस्फोटक पदार्थ खरिद प्रक्रियाको फाइल काठमाडौंस्थित भारतीय दूतावासमा पुगेको देखिएको छ ।
बारुद किन्न ‘नो अब्जेक्सन लेटर’ का लागि फाइल भारतीय दूतावासमा रहेको नारायणगढ–मुग्लिन सडक आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए । आयोजनाले बारुद किन्न गरेको मागअनुसार रक्षा र गृह मन्त्रालयको स्वीकृतिसहित परराष्ट्र मन्त्रालय हुँदै अहिले भारतीय दूतावासमा पुगेको कार्कीले बताए । दुई दिनअघिसम्म उक्त फाइल कहाँ छ भन्ने यकिन थिएन ।
गोरखापत्र दैनिकले बुधबारको अङ्कमा ‘पहरो फुटाउने फाइल नै हरायो’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । “समाचार आएपछि हामीले फाइल खोज्ने क्रममा अहिले खरिद प्रक्रियाकै क्रममा भारतीय दूतावासमा रहेको पाइएको छ,” उनले भने । भारतबाट विस्फोटक पदार्थ खरिदका लागि आयोजनाका सहजकर्ता कृष्ण न्यौपानेले एक÷दुई दिनभित्रै भारतीय दूतावासले ‘नो अब्जेक्सन लेटर’ दिने र त्यसकै आधारमा नेपाली सेनासँग सहकार्य गरेर भारतबाट बारुद आयात गर्ने बताए ।
“हामीले वैशाखको अन्तिमसम्म विस्फोट गराउन सक्ने गरी बारुद आयातको प्रक्रिया सुरु गरिसकेका छौँ,” न्यौपानेले भने, “आयात गरिएको विस्फोटक पदार्थ सेनाको भरतपुर ब्यारेकमा भण्डारण गरेर पहरा फोर्न प्रयोग गर्नेछौँ ।” भारतको महाराष्ट्रमा रहेको एस बी एल इनर्जी लिमिटेडबाट १५ टन बारुद खरिदका लागि परियोजनाले प्रक्रिया अघि बढाएको हो । “आवश्यकता हेरेर पाँच÷पाँच टन गर्दै बारुद आयात गर्ने हो,” उनले थपे, “नेपाली सेनाकै समन्वयमा उनीहरूसँगै सम्झौता गरेर आयात गर्ने हो ।
यसरी आयात गरिएको बारुद नेपाली सेनाले नै ढुवानी, भण्डारण र विस्फोट गराउँदासम्मको अनुगमन तथा निगरानी राख्ने गर्छ ।” नारायणगढ–मुग्लिन सडकको तुइन खोलामाथिको पुलसँगैको ११ मिटर अग्लो र ४० मिटर चौडाइको पहरो विस्फोट गर्न नसक्दा पुल निर्माणको काम लामो समयदेखि रोकिएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend