Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुद्दा फाँटका प्रहरी घुससहित रंगेहात समातिए


    बिहिबार, चैत्र ३० २०७९
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सिरहाको मिर्चैयास्थित इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक सचिन भदैसवार घुससहित समातिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले उनलाई नौं हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो ।

    मुद्दा फाँटमा कार्यरत उनले एउटा मुद्दा मिलाइदिने भनेर सेवाग्राहीबाट घुस रकम लिएलगत्तै इलाका प्रहरी कार्यालय नजिकैबाट पक्राउ गरिएको अख्तियार बताएको छ ।

    पक्राउ परेका यादव पहिलादेखि नै कार्यलय प्रमुखहरूकै सहमतीमा सेवाग्राहीसँग अवैध रकम असुल्ने जुनसुकै मुद्दाको सेटिङ गराउने गरेको स्थानीय सेवाग्राही बताउँछन् । उनी पक्राउ पर्दा याहाँका सेवाग्राही निकै नै उत्साहित देखिएका छन् ।

    घुस रकमसहित पक्राउ परेका यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आवश्यक प्रक्रिया पुरा गरी थप अनुसन्धानको लागी बर्दिबास लाने तयारी गरिरहेको जनाइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार