Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एक लाख घुससहित राजधानीको गोकर्णेश्वरबाट तीन जना पक्राउ


    बुधबार, बैशाख २० २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राजधानीको गोकर्णेश्वरबाट एक लाख रुपैयाँ घुससहित तीन जना पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गोकर्णेश्वरबाट उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा राजाडिल सडक खण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण अधिकारी, सदस्य मोहन प्रसाद कुइकेल र बालुवा डिपो सञ्चालक सुसान्त कुइकेल रहेका छन् ।

    गोकर्णेश्वर नगरपालिका – ३ स्थित सो उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण अधिकारीसहित योजनाको निर्माण कार्य सम्पन्न भएपछि भुक्तानी दिन घूस मागेको उजुरी परेको थियो ।

    सोही उजुरीका आधारमा अख्तियार टोलीले उनीहरुलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो । उनीहरुको साथबाट ३० हजार रुपैयाँको चेक बरामद गरेर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार