Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन सर्वसम्मत


    बिहिबार, चैत्र ३० २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ सर्वसम्मत भएका छन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले अञ्जनलाई समर्थन गरेसँगै अञ्जन वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत भएका हुन् ।

    पहिलो चरणमा तीन जनाले ५० प्रतिशत मतभन्दा धेरै मत कसैले पनि नल्याएपछि चुनाव हुने भनिएको थियो । तर, उमेशले अञ्जनलाई समर्थन गरेपछि सहमति भएको हो ।

    पहिलो चरणको निर्वाचनमा अञ्जनले ३७।९९ प्रतिशत मत ल्याएका थिए भने उनका निकटतम प्रतिस्पर्धी उमेशले ३१।७१ प्रतिशत मत पाएका थिए । ३०।४६ प्रतिशत मत पाएका रामचन्द्र संघाइ भने दोस्रो चरणको प्रतिस्पर्धाबाट बाहिरिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार