Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालीलाई भुटानी शरणार्थी बनाउने कार्यदलका सदस्यसहित ठगीमा संलग्नमाथि कारबाही गर्न युवासंघको माग


    बिहिबार, चैत्र ३० २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौँ। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै पैसा असुल्ने गिरोहमा संलग्नलाई कारबाही गर्न भन्दै युवासंघ नेपालले आवाज उठाएको छ ।

    युवासंघ नेपालले आफनो स्थापनाकाल देखिनै राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, मानवअधिकार, कानूनी शासन लगाएतका विषयमा निरन्तर कार्य गर्दै आइरहेको र जुनसुकै आवरणमा हुने अपराध रोक्न युवा संघ नेपाल सदैव क्रियाशिल रहने र नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहलाई कारबाही गर्नुपर्ने भन्दै यस्ता गतिविधिलाई रोक्न ध्यानाकर्षणपत्र बुझाएको छ। ”

    ध्यानाकर्षणपत्रमा विभिन्न प्रश्न खडा गर्दै भनिएको छ , “भुटानबाट एक लाख भन्दा बढि ल्होत्साम्पा समुदायका भुटानी नागरिक देश निकाला भई बेघरबार भएका छन् । देशबाट लखेटिएका भुटानी नागरिकहरुले नेपालमा शरण लिएर झापा जिल्लाको बेलडाँगी र शनिश्चरे शिविरमा शरणार्थी जिवन बिताइरहेका छन् । त्यस्ता भुटानी शरणार्थीहरुको समस्या समाधानको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय मानव अधिकारवादी संघ संस्थाहरुको पहलमा भुटानी शरणार्थीहरुलाई तेस्रो देशमा पुनर्वासको व्यवस्था गरिएको छ । यहि व्यवस्था अन्र्तगत अमेरिका, क्यानडा लगाएतका मुलुकमा भुटानी शरणार्थीहरुलाई पठाउने गरिएको छ । ठुलो संख्यामा अहिले पनि नेपालमा भुटानी शरणार्थीहरु शिविरमा जिवन बिताइरहेका छन् ।

    यसैक्रममा मिति २०७९ चैत्र २४ गते कान्तिपुर राष्ट्रिय दैनिकमा ‘अमेरिका उडाउने भन्दै ८७५ नेपालीलाई भुटानी बनाउने गिरोहमा राजनीतिक संलग्नता’ शिर्षकमा समाचार प्रकाशन भयो ।
    तेस्रो देशमा पुनर्वास हुनबाट छुटेका शरणार्थीहरुको समस्या समाधान गर्न सरकारले गठन गरेको कार्यदलको प्रतिवेदन सार्वजनिक नगरिनु र सार्वजनिक नभएको सो प्रतिवेदनमा ‘छुटेका शरणार्थी’ र ‘तेस्रो देशमा शरण लिन चाहने’ शीर्षकमा उपसूची कसरी थप गरियो ? नेपाली नागरिकहरुलाई भुटानी शरणार्थी बनाएर प्रतिवेदनमा किन र कसरी थपियो ? हालसम्म सो प्रतिवेदन किन सार्वजनिक गरिएन ? । ”

    साथै युवा संघ नेपालले निम्न विषयमा ध्यानाकर्षण गराएको छ।

    १.सरकारले २०७६ साल असार २९ गते गठन गरेको कार्यदलका संयोजक गृहमन्त्रालयका तत्कालिन सहसचिव बालकृष्ण पन्थी तथा सो कार्यदलका सम्पूर्ण सदस्य उपर अनुसन्धान गरि मुद्दा चलाउन अख्तियार प्राप्त निकायलाई पत्राचार गर्न माग गर्दछ ।
    २. उक्त प्रतिवेदन १ हप्ता भित्र सार्वजनिक गर्न माग गर्दछ ।
    ३. भोक—तीर्खा, घाम—पानी, घर—परिवार गुमाएका, भुटानी माटोमा जन्मिए, हुर्किएका देशबाट लखेटिएका, शासकको दमनले बाध्यताबस शरणार्थी बन्न पुगेका भुटानी शरणार्थीहरुको आवरणमा गैरकानूनी कार्यमा सामेल राजनीतिक नेतृत्व, कर्मचारी प्रशासन उपर अनुसन्धाग गरि कानून बमोजिम कारवाहि गर्न माग गर्दछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार