Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चार्टर्ड उडानमार्फत नेपाल भ्रमणका लागि आए १८१ चिनियाँ पर्यटक


    बिहिबार, चैत्र ३० २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल भ्रमणका लागि १८१ चिनियाँ पर्यटक चार्टर्ड उडानमार्फत काठमाडौं आइपुगेका छन् । नेपालीको नयाँ वर्षको पूर्वसन्धामा बिहीबार १८१ जनाको समूह विमान चार्टर्ड गरी काठमाडौं आइपुगेको हो ।

    चिनियाँ पर्यटकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत छेन सङलगायत अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरे ।

    हिमालय एयरलाइन्सको विमान चार्टर्ड गरेर १८१ चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका हुन् । उनीहरूले करिब सातदेखि १० दिन नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरू घुम्नेछन् ।

    उनीहरूलाई स्वागत गरेपश्चात् मन्त्री किरातीले सञ्चारकर्मीसँग नेपालको पर्यटन क्षेत्रमा पुनः चिनियाँ पर्यटक आउने ढोका खुलेको बताए ।

    “कोरोना महामारीपछि समूहमा घुम्न सक्ने गन्तव्यको रूपमा खुला गरेको छ । समूहमा नेपाल घुम्न चीन सरकारले खुला गर्नु नेपाल र चीनबीचको सम्बन्ध बढ्छ,” उनले भने, “नेपालको पर्यटन क्षेत्रको विकासको लागि चीनको योगदानको प्रारम्भ भएको छ । सबैभन्दा बढी यो समूहमा आउने भन्ने छ । अहिले १८१ जना आउनुभएको छ । अब ढोका खुल्यो ।”

    नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

    उनले सन् २०१९ मा एक लाख ६५ हजार चिनियाँ पर्यटक नेपाल भित्रिएको जानकारी दिए । चिनियाँ राष्ट्रपतिले ‘भिजिट २०२०’ मा चीनबाट पाँच लाख पर्यटक पठाउने भने पनि कोरोनाका कारण सफल हुन नसकेको उनले बताए । यो वर्ष २०१९ को भन्दा बढी चिनियाँ पर्यटक नेपालमा पाउने अपेक्षा गरिएको उल्लेख गरे ।

    पर्यटन व्यवसायी सुदर्शन नेपालले चिनियाँ पर्यटकको टोली हिमालय एयरलाइन्सको चार्टर्ड उडानमार्फत लगातार आउने तालिका रहेको बताए । उनले यही अप्रिल १९ तारिखमा अर्को उडानमार्फत चिनियाँ पर्यटक आउने तालिका रहेको जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार