काठमाडौं । नेपाल भ्रमणका लागि १८१ चिनियाँ पर्यटक चार्टर्ड उडानमार्फत काठमाडौं आइपुगेका छन् । नेपालीको नयाँ वर्षको पूर्वसन्धामा बिहीबार १८१ जनाको समूह विमान चार्टर्ड गरी काठमाडौं आइपुगेको हो ।
चिनियाँ पर्यटकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत छेन सङलगायत अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरे ।
हिमालय एयरलाइन्सको विमान चार्टर्ड गरेर १८१ चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका हुन् । उनीहरूले करिब सातदेखि १० दिन नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरू घुम्नेछन् ।
उनीहरूलाई स्वागत गरेपश्चात् मन्त्री किरातीले सञ्चारकर्मीसँग नेपालको पर्यटन क्षेत्रमा पुनः चिनियाँ पर्यटक आउने ढोका खुलेको बताए ।
“कोरोना महामारीपछि समूहमा घुम्न सक्ने गन्तव्यको रूपमा खुला गरेको छ । समूहमा नेपाल घुम्न चीन सरकारले खुला गर्नु नेपाल र चीनबीचको सम्बन्ध बढ्छ,” उनले भने, “नेपालको पर्यटन क्षेत्रको विकासको लागि चीनको योगदानको प्रारम्भ भएको छ । सबैभन्दा बढी यो समूहमा आउने भन्ने छ । अहिले १८१ जना आउनुभएको छ । अब ढोका खुल्यो ।”
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकको महत्त्वपूर्ण भूमिका रहेको बताए ।
उनले सन् २०१९ मा एक लाख ६५ हजार चिनियाँ पर्यटक नेपाल भित्रिएको जानकारी दिए । चिनियाँ राष्ट्रपतिले ‘भिजिट २०२०’ मा चीनबाट पाँच लाख पर्यटक पठाउने भने पनि कोरोनाका कारण सफल हुन नसकेको उनले बताए । यो वर्ष २०१९ को भन्दा बढी चिनियाँ पर्यटक नेपालमा पाउने अपेक्षा गरिएको उल्लेख गरे ।
पर्यटन व्यवसायी सुदर्शन नेपालले चिनियाँ पर्यटकको टोली हिमालय एयरलाइन्सको चार्टर्ड उडानमार्फत लगातार आउने तालिका रहेको बताए । उनले यही अप्रिल १९ तारिखमा अर्को उडानमार्फत चिनियाँ पर्यटक आउने तालिका रहेको जानकारी दिए ।
काठमाडौँ। आगामी कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend