Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रियल म्यड्रिडसँग चेल्सी पराजित


    बिहिबार, चैत्र ३० २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्यड्रिडले इंग्लिस क्लब चेल्सीलाई पराजित गरेको छ । सान्टियागो बर्नबेउमा बुधवार राति भएको खेलमा रियलले चेल्सीलाई २–० को गोल अन्तरले पराजित गरेको हो ।

    रियलको जितमा कप्तान करिम बेन्जेमा र मार्को एसेन्सियोले गोल गरे । सान्टियागो बर्नबेउमा बुधवार राति भएको खेलको २१औं मिनेटमा बेन्जेमाको गोलबाट रियलले अग्रता लिन सफल भयो । उनले भिनिसियस जुनियरको पासमा गोल गर्न सफल भए ।

    यो जितसँगै सर्वाधिक १४ पटकको च्याम्पियन तथा साविकको विजेता रियलले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । चेल्सीलाई सेमिफाइनलको यात्रा तय गर्न कम्तीमा ३–० को जितको आवश्यक छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार