काठमाडौं । स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा लिभरपुलमाथि सानदार ५–२ को जित दर्ता गरेको छ। रियलले घरेलु टोली इंग्लिस क्लब लिभरपुल माथि ५–२ को सानदार जित दर्ता गरेको हो ।
एनफिल्डमा मंगलबार राति साविकको विजेता रियल र उपविजेता लिभरपुलबीचको खेलमा लिभरपुलले १४ मिनेटभित्रै २–० को अग्रता बनाएको थियो । तर, त्यो अग्रतालाई लिभरपुलले जोगाउन सकेन ।
खेलको चौथो मिनेटमा नै मोहम्मद सलाहको पासमा डार्विन नुनेजको गोलबाट लिभरपुलले घरेलु मैदानमा १–० को अग्रता लिन सफल भएको थियो । १४औं मिनेटमा फेरी मोहम्मद सलाहले लिभरपुलको अग्रता दोब्बर पारे ।
तर, कप्तान करिम बेन्जेमाको पासमा गोल २१औं मिनेटमा भिनिसियसले गोल गरे भने पहिलो हाफको ३६औं मिनेटमा रियलका भिनिसियसले २–२ गोलको बराबरीमा ल्याए ।
४७औं मिनेटमा मिडफिल्डर लुका मोड्रिचको फ्रिकिकलाईबल एडर मिलिसाओले गोल गर्दै रियललाई खेलमा ३–२ ले अघि बढाए । ५५औं मिनेटमा कप्तान बेन्जेमाले रोड्रिगोको पासमा गोल गर्दै रियललाई ४–२ ले अघि बढाए ।
६७औं मिनेटमा कप्तान बेन्जेमाले पाँचौं गोल गर्दै रियललाई सानदार पूनरागमन जित दिलाए । यस जितसँगै रियलले लिभरपुलसँगको अपराजित यात्रा ६ खेलसम्म लम्ब्याएको छ । रियलले ५ जित र एक बराबरीको नतिजा निकालेको छ ।
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बाढीपहिरो प्रभावितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका...
काठमाडौं। मलेसियामा हुने एसीसी प्रिमियर कपको तयारीका लागि भारत जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको...
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend