Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ब्राइट बचत सहकारीको उत्कृष्ट कार्यः कोभिड १९ बिरुद्ध खटेका स्वास्थ्यकर्मीलाई सम्मान


    आइतबार, भाद्र १४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । देश कोरोना महामारीको चपेटामा छ । दैनिक १ हजार २ सय भन्दा बढी नेपाली कोरोना संक्रमित हुने र १४ जनाको मृत्यु  हुन थालेको छ । कोभिड १९ को महामारीमा स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण छ । कोरोना संक्रमितको उपचारमा अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मीलाई सबैले हौसला दिनसके मात्र यो महामारीसँग जुध्नसक्नेछौं भावनालाई सबैले आत्मसात गर्नुपर्ने भएको छ । काठमाडौको बागबजारमा रहेको ब्राइट बचत तथा ऋण सहकारी सहाकारी संस्थाले आइतबार आफ्नो बार्षिक साधारणसभाको उपलक्ष्यमा स्वास्थ्यकर्मीलाई सम्मान गरेर प्रशंसनीय काम गरेको छ ।

    कोरोना महामारीबाट नागरिकको जीवन बचाउने भगवान भनेका स्वास्थ्यकर्मी नै हुन् । यही कुरालाई मध्यनजर गरी सहकारीले बार्षिक साधारणसभामा सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । ब्राइट सहकारीले जस्तै स्वास्थ्यकर्मीलाई सबैतिरबाट हौसला दिनसके पक्कै पनि उनीहरु उच्च मनोबलका साथ बिरामीको उपचारमा जुट्नेछन्, तबमात्र यो महामारीसँग जुध्न सकिन्छ । यही कुरालाई मनन गरी उक्त सहकारीले एम्बुलेन्स चालक, नर्स, प्याथोलोजीमा काम गर्ने प्राविधिक र चिकित्सकसमेत आधा दर्जन स्वास्थ्यकर्मीलाई सम्मान गरेको हो ।

    ब्राइट बचत तथा ऋण सहकारीले स्वास्थ्यकर्मीलाई जनही २१ हजार नगदसहित सम्मानपत्र प्रदान गरेको थियो । राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष तथा पूर्व मन्त्री केशव बडाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता प्रा.डा. जागेश्वर गौतम, महासंघका संचालक डीबी बस्नेत, केम्सानका अध्यक्ष सुरेश घिमिरे लगायतले सम्मान प्रदान गर्नुभएको थियो ।

    सम्मानित हुनेहरुमा शहीद शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका प्रमुख कन्सल्यान्ट डा.अनुप बास्तोला, शहीद शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका वरिष्ठ मेडिकल ल्याब टेक्नोलोजिष्ट परमानन्द भण्डारी, काठमाडौं मेडिकल कलेजका इन्टर्न डा. उज्वल न्यौपाने, नारायणी उपक्षेत्रीय अस्पतालकी नर्स प्रिया प्रजापति, धुलिखेल अस्पतालकी नर्स कृष्णमाया रम्तेल र पाटन अस्पतालका एम्बुलेन्स चालक दिपकप्रसाद दाहाल रहनुभएको छ ।

    स्वास्थ्यकर्मीले गाली खानुपर्ने, डेरामा बस्न नदिने, खेद्नेलगायतका गतिविधि भएका कारण देशभरि रहेका सहकारीले समाजमा देखिएको यो विसंगतिलाई चिर्नका लागि सांकेतिक रुपमा सम्मान कार्यक्रम गरिएको संस्थाका अध्यक्ष रामेन्द्र न्यौपानेले बताउनुभयो ।

    केशव बडालले ठूलो लडाइका बेला सैनिकको महत्व भए यस्तै यो महामारीको समयमा स्वास्थ्यकर्मीको महत्व रहेकाले उनीहरुको सुरक्षामा सहकारी अग्रपंक्तिमा उभिने बताउनुभयो ।

    डा.गौतमले यस्तो महत्वपूर्ण र दुरगामी सकारात्मक सन्देश दिने यस्तो कार्यक्रमको आयोजना गरेर सहकारीले दिन खोजेको सन्देशले स्वास्थ्यकर्मीको मनोबल उच्च भएको बताउनुभयो । संस्थाका सचिव लक्ष्मण न्यौपानेले स्वास्थ्यकर्मीसँग नजिक रहेर निरन्तर कोभोड १९ बिरुद्ध सहयोग जुटाइरहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

    सम्मानित डाक्टर अनुप बास्तोलाले भने, ‘विरामीको उपचारमा लागेका स्वास्थ्यकर्मीलाई समाजको व्यवहारले मन दुखित भएको बेलामा यो कार्यक्रमले उत्साह थपेको छ भन्दै सहकारीलाई धन्यवाद दिनुभएको थियो ।’ संस्थाले आफ्नो २१ औं बार्षिक उत्सवको अवसर पारेर भौतिक दूरी कायम राखी सीमित व्यक्तिको उपस्थितिमा स्वास्थ्यकर्मीलाई नगद पुरस्कारले सम्मानित गरेको थियो । 

    कोरोनाको हटस्पट बनेको २ नम्बर सररकारले केही गर्न नसकेको भनी चौतर्फी आचलोचना भइरहेको बेला सरकार परिवर्तनको खेल चलेको छ । राजपा र समाजवादी एकीकरणपछि पनि सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको देखिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार