काठमाण्डौ । एअर अरेबियाले पीसीआर रिपोर्ट नभएका यात्रु काठमाडाैँ ल्याएपछि पर्यटन मन्त्रालयले छानविन समिति गठन गरेको छ । दु:ख दिएको गुनासो आएपछि मन्त्रालयले यस्ताे कदम चालेकाे हाे।
भदौ ९ गते मंगलबार यूएईको सारजहाँबाट काठमाण्डौ आएको एअर अरेबियाको जहाजले ल्याएका एक सय ६१ नेपालीमध्ये १९ जनाको पीसीआर रिपोर्ट थिएन । पीसीआर रिपोर्ट नभएकैले उनीहरुले काठमाण्डौमा क्वरेण्टीनको लागि निकै समस्या भोग्नुपरेको थियो ।
यसको छानविन गर्न संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा संयोजक रहेको तीन सदस्यीय समिति गठन गरेको हो । शुक्रबार गठन भएको समितिले तीन दिनभित्रमा रिपोर्ट पेश गर्नेछ ।