Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदेश नं १ मा  ९५ सङ्क्रमित थपः प्रदेश नं २ मा दुईको मृत्यु


    आइतबार, भाद्र १४ २०७७
    825
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • जनकपुरधाम । पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश नं १ मा ९५  कोरोना सङ्क्रमित थपिएका छन् । तीमध्ये ३२ महिला र ६३ पुरुष छन् । थपिएका कोराना सङ्क्रमित  मोरङमा ४५, सुनसरीमा ३७, झापामा नौ, सङ्खुवासभामा दुई र  प्रदेश बाहिरका दुई जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

     एक दिनमा विराटनगरमा  ४२ जनामा सङ्क्रमण देखिएकामा महिला र पुरुष बराबरी छन् । आज थपिएकामा मोरङ लेटाङमा एक महिला तथा पथरीशनिश्चरे र रङ्गेलीका एकएक पुरुष छन् । सुनसरीको दुहवीमा १४ पुरुष, इटहरीमा चारचार महिला र पुरुष, इनरुवामा एक महिला, धरानमा एक महिला र पाँच पुरुष, बर्जुमा दुई र गढी गाउँपालिकामा एक पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । 

     यस्तै झापाको कनकाईमा दुई महिला र छ पुरुष, झापा गाउँपालिकामा एक पुरुष, सङ्खुवासभाको खाँदबारीमा एक पुरुष, स्थानीय तह नखुलेको एक महिला तथा प्रदेश बाहिरका एकएक महिला र पुरुषमा कोरोना सङ्क्रमण देखिएको छ ।

     सङ्क्रमित तीन हजार

    प्रदेशमा आजसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ३११ पुगेको छ ।  अहिलेसम्म  मृत्यु हुनेको सङ्ख्या  ३२ पुगेको छ । मृत्यु हुनेमा प्रदेशका २३  र प्रदेश बाहिरका नौ जना रहेको बताइएको छ । 

     बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आज नौ जना कोरोनामुक्त भएर  डिस्चार्ज भएका  छन् ।  हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या एक हजार ५३४ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा एक हजार १७६ जनाको पिसिआर परीक्षण भई हालसम्म ८७ हजार ५९८ जनाको  परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

    जनकपुर( प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु हुनुका साथै २२७ जना नयाँ सङ्क्रमित थपिएका छन् । सो अवधिमा सप्तरीमा एक ६० वर्षीया महिला र रौतहटमा एक ३० वर्षीय पुरुष गरी दुई जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले आज जानकारी गराएको छ । यो प्रदेशबाट अहिलेसम्म कोरोनाको सङ्क्रमणबाट ८६ जनाको मृत्यु भइसकेको हो ।

    सोही अवधिमा सप्तरीमा चार, सिरहामा दुई, धनुषामा ७१, महोत्तरी र सर्लाहीमा ३५÷३५ जना, रौतहटमा एक, बाराबाट ३० र पर्सामा ४९ जना गरी २२७ जना नयाँ सङ्क्रमित थपिएका हुन् । आज थपिएका सङ्ख्यासमेत गरी यस प्रदेशमा सङ्क्रमितको सङ्ख्या १० हजार २२ पुगेको छ । सोमध्ये आज ११४ जना उपचार गराई  निको भएर घर फर्केका छन् । अब उपचार गराई निको भएर घर फर्केनेको सङ्ख्या चार हजार ८४९ पुगेको छ ।

    यस प्रदेशअन्तर्गतका १९६ क्वारेन्टिनमा ६९८ जना बसेका छन् भने होम क्वारेन्टिनमा दुई हजार ५७२, आइसोलेसनमा एक हजार ३२ र होम आइसोलेसनमा चार हजार ५५ जना रहेको सो मन्त्रालयले जनाएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार