Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • उद्योग वाणिज्य महासंघको मतदान पुनः सुरु


    बुधबार, चैत्र २९ २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । केहीबेर रोकिएको नेपाल उद्योग वाणिज्य महासंघको मतदान फेरी सुरु भएको छ । जिल्ला नगरका मतदाता तथा समर्थक एसोसिएटको मतदान स्थलमा होहल्ला गर्न आएपछि मतदान अवरुद्ध भएको थियो ।

    निर्वाचन समितिका अधिकारीहरु आएर होहल्ला गर्नेहरुलाई हटाएपछि र मतदानस्थल प्रज्ञा भवनको सुरक्षा बढाएपछि मतदान पुनः सुरु भएको हो ।

    महासंघको नयाँ कार्यसमिति (२०८०–२०८३) चयनका लागि आज बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान प्राविधिक तयारी नपुगेको भन्दै दुई घण्टा ढिला सुरु भएको थियो ।

    महासंघको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेकाले निर्वाचनबाट एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चुनिने छन् । महासंघको विधान अनुसार हाल वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ३० चैतदेखि स्वतः महासंघको अध्यक्ष बन्नेछन् ।

    अर्को कार्यकालमा महासंघको नेतृत्व लिने वरिष्ठ उपाध्यक्षमा तीन जना प्यानलसहित प्रतिस्पर्धामा छन् ।

    पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ तथा हालका एसोसिएट्स र वस्तुगत उपाध्यक्षद्वय रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार