Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चीनमा होटल भत्किँदा २९ जनाको मृत्यु


    आइतबार, भाद्र १४ २०७७
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । चीनको उत्तरी प्रान्त शाङ्सीमा एउटा होटल भत्किँदा मृत्यु हुनेको संख्या २९ जना पुगेको छ । 

    स्थानीय अधिकारीहरुले भवनमा पुरिएको आशंकामा गरिएको खोज तथा उद्धार कार्य समाप्त भएको बताएका छन् । 

    शनिबार बिहान दुई तले होटल भत्किएर १७ जनाको मृत्यु भएको तथा २८ जना घाइते भएको विवरण प्राप्त भएको थियो । घाइतेमध्ये अझै पनि सात जनाको अवस्था गम्भीर रहेको छ । 

    होटल भत्किनुको कारणका बारेमा स्थानीय अधिकारीहरुले अनुसन्धान शुरु गरेका छन् । उक्त घटनाको छानबिनका लागि एक समिति नै बनाइएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार