काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । बुधबार अमेरिकी डलरको भाउमा उकालो लागेको छ ।
आज अमेरिकी डलर २३ पैसाले वृद्धि भई यसको खरिददर १३१ रुपैयाँ ११ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७१ पैसा कायम गरिएको छ । यसअघि मंगलबार उक्त डलरको खरिदमूल्य १३० रुपैयाँ ८८ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ४८ पैसामा कारोबार भएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार बुधबार युरोपियन युरोमा उकालो लागेको छ । युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ९ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा कायम गरिएको छ । यो मूल्य अघिल्लो कारोबारको तुलनामा ३२ पैसाले बढेको हो । मंगलबार युरो एकको खरिदमूल्य १४२ रुपैयाँ ७८ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ ४३ पैसा कायम गरिएको थियो ।
बुधबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६३ रुपैयाँ १२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८७ पैसा तोकिएको छ। यो मूल्य मंगलबारको तुलनामा ३७ पैसाले बढेको हो । मंगलबार यसको खरिदमूल्य १६२ रुपैयाँ ७६ पैसा र बिक्रीमूल्य १६३ रुपैयाँ ५० पैसा कायम गरिएको थियो ।
त्यसैगरी, बुधबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ २९ पैसा र बिक्रीमा ८७ रुपैयाँ ६९ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ११ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५६ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५ पैसा कायम गरिएको छ ।
बुधबार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७० पैसा र बिक्रीमा ३५ रुपैयाँ ८६ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ६७ पैसा र बिक्रीदर २९ रुपैयाँ ८१ पैसामा पाइनेछ ।
उता, कुवेती दिनार एकको खरिदमा बुधबार ४२७ रुपैयाँ ९६ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ९२ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ३७ पैसा तोकिएको छ ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend