Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनकोशी पहिरो पीडित सुरक्षित स्थानमा 


    आइतबार, भाद्र १४ २०७७
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिका–६ धुसेनीमा गएको पहिरो पीडितको घर बनाउन गाउँपालिकाले रु पाँच लाख दिने भएको छ । पहिराले घर पुरिएकाको घर निर्माण गर्न रु पाँच लाख सहयोग गर्ने अध्यक्ष श्रमणकुमार जिसीले बताउनुभयो । 
     
    उहाँले घटनास्थलमै पुगेर पीडितसमक्ष प्रतिपरिवार रु पाँच लाख दिने घोषणा गर्नुभएको हो । आज बिहान गएको पहिराले चार घर पुरेको थियो । जनप्रतिनिधि, सेना र प्रहरीको सहयोगमा जोखिममा रहेकालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । सुरक्षित स्थानान्तरणका लागि ३० बण्डल जस्ता र छ वटा टेण्टसमेत गाउँपालिकाले दिएको छ ।
     
    पहिराले खिलबहादुर भण्डारी, सीताराम भण्डारी र इबहादुर भण्डारीको घर पुरिएको थियो । पहिराको जोखिममा रहेका अन्य नौ घर परिवारलाई पनि सुरक्षित स्थानमा सारिएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार