Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आजमात्रै आठ अन्तर्राष्ट्रिय उडान, ४ सय ८९ नेपाली फर्किए 


    आइतबार, भाद्र १४ २०७७
    740
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमार्डौंं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन र प्रस्थान दुवैगरी आठ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत विदेशमा अलपत्र ४८९ नेपाली स्वदेश फर्किएका छन् ।

    नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट १५१ यात्रु ल्याएको छ । हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १५६ यात्रु ल्याएको छ । मालिन्डो एयरले क्वालालम्पुरबाट १७३ नेपाली काठमाडौँ ल्याएको छ । यस्तै श्रीएयरलाइन्सले बैंककबाट एक शव नेपाल ल्याएको विमानस्थल कार्यालयले जनाएको छ ।

    सोमबार पनि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका चार अन्तर्राष्ट्रिय उद्धार उडान हुने विमानस्थलको तालिका छ । नेपाल एयरलाइन्सले दुबई र दोहा तथा हिमालय एयरलाइन्सले अबुधाबी र दोहामा चार्टर्ड उडान गर्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार