Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बलात्कारको आरोप लागेका पूर्वन्यायाधीश भुवन गिरी पक्राउ परे


    मंगलबार, चैत्र २८ २०७९
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। बलात्कारको आरोप लागेका न्यायाधिश भुवन गिरी काठमाडौंको गोंगबुको पवित्रनगरबाट पक्राउ परेका छन्।

    गत साता जिल्ला अदालत कपिलवस्तुले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

    गिरीलाई प्रहरीले मंगलबार दिउँसो काठमाडौंको गोंगबुको पवित्रनगरबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।

    पक्राउ परेका गिरीलाई कपिलवस्तु पठाउने तयारी भइरहेको छ।

    पछिल्लो समय गिरी न्याय परिषदमा कार्यरत थिए। यसअघि उनी जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश थिए।

    गत फागुन दोस्रो साता उनलाई न्याय परिषदमा तानिएको थियो। न्यायाधीश गिरीविरुद्ध उनकी पत्नी आरती गिरी रावलले वैवाहिक बलात्कार आरोपमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएकी थिइन्। पीडितले मंसिर पहिलो साता नै जाहेरी दिएकी थिइन्। तर प्रहरीले उनको जाहेरी दर्ता गर्न मानेको थिएन।

    पीडितले राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोग र न्याय परिषद‍मा पनि निवेदन दिएकी थिइन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार