Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सशस्त्र प्रहरी बलको फेसबुक पेज ह्याक !


    मंगलबार, चैत्र २८ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको आधिकारिक फेसबुक पेज ह्याक भएको छ । आज मंगलबार उक्त अकाउन्टबाट भियतनामी शब्दमा पोस्ट राखिएपछि ह्याक भएको आशंका गरिएको हो । उक्त पेजबाट अनधिकृत रूपमा पोष्ट समेत भएको छ।

    सशस्त्र प्रहरी बलको उक्त फेसबुक पेजमा “ai đâu trở lại mùa thu trước” लेखी पोस्ट गरिएको छ । जसलाई अनुवाद गर्दा नेपालीमा ‘जो गत शरदमा फर्किए’ भन्ने अर्थ लाग्छ ।

    टेकपानासँग कुरा गर्दै सशस्त्र प्रहरी बल कम्प्युटर विभागका एक कर्मचारीले अकाउन्टमा समस्या आएको स्वीकार गरे । “पेजमा समस्या आएको छ । हाम्रा साथीहरू समाधान गर्न काम गरिरहेका छन्,” उनले भने ।

    यदि अकाउन्टबाट एड्मिन एक्सेस नगुमेको भए सो पोस्ट सहजै हटाउन सकिने साइबर सुरक्षा जानकारहरूले बताएका छन् ।

    अहिले प्राविधिक टोलीले उक्त पेजलाई पुन: नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार