Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ११८ केजी चरेससहित ३ जना पक्राउ


    सोमबार, चैत्र २७ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पर्सा। पर्साकाे पटेर्वासुगौली गाउँपालिका-५ देउरियाबाट अवैध लागुऔषध चरेस ११८ केजी र अवैध लागुऔषध गाँजा ४ केजीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा पटेर्वासुगौली गाउँपालिका-५ बस्ने ६० वर्षीय प्रदेशी राउत (थारू), मकवानपुर रक्सीराङ गाउँपालिका-८ बस्ने ३८ वर्षीय रमेश मोक्तान र मकवानपुर मनहरी गाउँपालिका-६ बस्ने २५ वर्षीय रेशन मोक्तान रहेका छन् ।

    विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त टोलीले प्रदेशी राउतको घर तथा टहरा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

    उनीहरू उपर लागुऔषध सम्बन्धी कसूरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार