Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • ‘ढाकालाई ७० घण्टाभित्र छानबिन गरेर कारबाही गर्न नसके गढीमाईमा बलि दिनुहोला’


    आइतबार, चैत्र २६ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सांसद डा, ढाकाकुमार श्रेष्ठमाथि छानबिन गरेर कारबाही गर्ने बताएका छन् । व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएपछि बारा २ मा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    भ्रष्टाचारको विषयमा आफूहरुको भनाइ र गराइ एउटै हुने उनको भनाइ छ । उनले अडिओमा सुनेको वरिपरिको मान्छेलाई पनि छानबिन गरेर कारबाही गर्ने बताए । उनले यस घटनाबारे अनुसन्धान गर्न प्रहरी र अख्तियारलाई आग्रह गर्न आफैं निवेदन लिएर जाने जिकिर गरेका छन् ।

    ‘अडिओ सार्वजनिक हुनेवित्तिकै सांसद ढाकाकुमार श्रेष्ठलाई हामीले ७२ घन्टाको अल्टिमेटम दिएका छौं। यो विषयमा छानबिन नसकुन्जेल उहाँलाई पार्टीका कुनै पनि कार्यक्रममा सहभागी गराउँदैनौं,’ उनले भने, ‘घडी हेर्दै गर्नुहोला अबको ७० घन्टाभित्र छानबिन गरी दोषी पाइएमा कारबाही गरिन्छ।

    उनले ७० घण्टाभित्र सत्यतथ्य छानबिन गरेर कारबाही गर्न नसके आफूलाई गढीमाईमा बलि दिन समेत भनेका छन् ।

    उनले भने, ‘मैले ७२ घण्टे अल्टिमेटम दिएको दुई घण्टा भइसक्यो । अब ७० घण्टाभित्र सत्यतथ्य छानबिन गरेर कारबाही गर्न नसके मलाई यही गढीमाईमा बलि दिनुहोला ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार